प्रधानमन्त्री ओलीले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको कोभिशिल्ड खोपको भर्चुअल माध्यमबाट गरे शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने बताउनु भएको छ । बुधबार कोरोनाविरुद्धको खोपको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले माघ १८गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान पनि गर्नुभयो । भारतले अनुदानमा दिएको १० लाख डोजको कोभिशिल्ड खोप लगाउने अभियान आजबाट सुरु भएको हो ।
कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउनु भएको छ । सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई पहिलो चरणमा खोप लगाउने बताएको छ ।
युरोपमा”कोभीड १९”खोपको अभाव,एसियालाई धान्न भारत तयार
भारत सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा ४ लाख ३० हजारलाई दिइने
भारतले अनुदानमा दिएको १० लाख डोजको खोप अभियान आजबाट सुरु गरिएको छ । खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरु गर्नुभएको हो । कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउनु भएको छ ।
साथै डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना विरुद्धको खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भएकाले आफूले पहिलो खोप लगाएको निर्देशक राजभण्डारीले बताउनुभयो ।

कोरोना खोपले आफूलाई केही असर नगरेकाले ढुक्क भएर लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । त्यसैगरी डा. रमेश कोइरालाले पनि कोभिड खोपको पहिलो डोज बिना कुनै शंका, बिना कुनै डर लगाइयो भन्दै ट्विटरमा तस्विर सार्वजनिक गर्नु भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाएपछि खोप अभियान सुरु भएको हो । अहिले विभिन्न खोप केन्द्रमा खोप लगाउने अभियान सुरु भैसकेको छ ।
सरकारले पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिने सरकारले जनाएको छ । इमेजखबरबाट



