११ मंसिर २०८३, बिहीबार

प्रधानमन्त्री केपि ओलि विरुद्ध प्रचण्ड र नेपालको ठुलो एक्सन

एसीपी संवाददाता

३ पुष २०७७, शुक्रबार ०७:३६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुलो एक्सन लिएका छन् ।

एसियामा कोरोना खोप आउन एक बर्ष लाग्ने


पेरिसडाँडाबाट सत्तारूढ दल नेकपा अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध एक्सन लिएका हुन् ।

ओलीविरुद्ध प्रचण्ड र नेपाल समुहले प्रदेश-१ को पार्टी भेला आयोजना गरेका छन्। त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश९१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्।

प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाईसमेत भेलामा बोलाइएको छ। प्रदेश १ का पार्टी सचिव सुरेश राईले बताएअनुसार पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह १ बजेपछि हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेश गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने जनाइएको छ।

भेलामा ठूला नेता आउने भएपछि बालुवाटारमा खलाबैला मच्चिएको उच्च स्रोतले दावी गरेको छ । पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x