१२ असार २०८३, शुक्रबार

प्रस्तावित राजदूत खतिवडा, रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी

एसीपी संवाददाता

३ कार्तिक २०७७, सोमबार १४:११ मा प्रकाशित

संसदीय सुनुवाई समितिमा अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू विरुद्ध उजुरी परेका छन् । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ ।

आफ्नो साँसदलाई के भने सभापति देउवाले

तुर्किस्तान मुस्लिम अल्पसंख्यक माथी सिन्जियाङमा नरसंहार भएको दावी

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेपछि समितिमा दुईजनाविरुद्ध ४ उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले १७ गतेका लागि उजुरीकर्ताहरूलाई बोलाउने निर्णय गरिएको र छलफल गरेर थप स्पष्ट हुने उहाले बताउनुभयो ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी नपरेको बताइएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] प्रस्तावित राजदूत खतिवडा, रेग्मीविरु… […]

1
0
Would love your thoughts, please comment.x
()
x