१२ असार २०८३, शुक्रबार

आफ्नो साँसदलाई के भने सभापति देउवाले

एसीपी संवाददाता

३ कार्तिक २०७७, सोमबार ०७:२६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ ।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिनुभएको हो ।

कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले दसै भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको संसदीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।

चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी

कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरेका छन् ।

कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने भन्दै काँग्रेस सांसदहरुले भत्ता फिर्ता गरेको प्रमुख सचेतक खाँडले बताउनुभयो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद रहेका छन् । संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए ।

सिमास्तम्भ रङ्ग्याउँदै चीन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] आफ्नो साँसदलाई के भने सभापति देउवाले […]

1
0
Would love your thoughts, please comment.x
()
x