२ श्रावण २०८३, शनिबार

बडा दसैँमा किनमेल गर्ने मानिसको चहलपहल

एसीपी संवाददाता

९ कार्तिक २०७७, आईतवार ०९:२६ मा प्रकाशित

विगत वर्षमा बडा दसैँको सातौ दिन फूलपातीदेखि प्राय सुनसान बन्ने नेपालगन्ज यस वर्ष नवमीको दिनसम्म पनि बजारमा किनमेल गर्ने मानिसको चहलपहल देखिएको छ ।
आईतबार वडा दसैँको नवौं दिन नवमीका दिन नेपालगन्जका मुख्य व्यापारीक केन्द्रहरुमा मानिसहरुको विगत वर्षको तुलनामा बाक्लो चहल पहल देखिएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस नेपालगन्जबाट बाहिरिने मानिसहरुको संख्या विगत वर्षको तुलनामा कम रहेकाले पनि नवमीका दिनसम्म बजारमा सामान किनमेल गर्ने मानिसको भीड देखिएको हो ।

नेपालगन्जका मुख्य व्यापारीक केन्द्रदेखि सडकका फुटपातसम्मका स्थानमा मानिसको भीड देखिएको हो । नेपालगन्जका घरबारी टोल, त्रिभुवनचोक, न्युरोड, एकलैनी, सदरलाईन लगायतका स्थानमा सामान खरिद गर्नेहरुको घुईचो छ । कोराना महामारीका कारण अन्य बर्षभन्दा भीड कम भएपनि खाद्यान्न र कपडाका पसलहरु भरिभराउ छन ।

मानिसहरुले दशैका बेला नया नया सामान तथा कपडाहरु खरिद गर्ने गर्दछन । ब्यवसायीहरुलाई आप्mनो सामान बेच्न भ्याई न भ्याइ छ । कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेका ब्यापारीहरुलाई चाडपर्वको बेला बढेको बिक्रीले केहि मात्रामा भएपनि राहत प्रदान गरेको छ ।
सार्वजनिक सवारीसाधनमा लामो यात्रा गर्दा कोरोना संक्रमणको जोखिम रहेका कारण र सरकारले पनि यथास्थानमा रहेर दसै मनाउन आग्रह गरेका कारण पनि यस वर्ष उपत्यकाबाट दसै मनाउन बाहिरिने सर्वसाधारणको संख्या विगत वर्षको तुलनामा कम रहेको छ ।

नेपाली प्रमुख चाड दशै नजिकिएसँगै विगत वर्षमा दशै मनाउन नेपालगन्ज बसोबास गर्ने बाहिरी जिल्लाका बासिन्दाहरु आप्mनो घर गएपछि फूलपातीदेखि नै उपत्यका सुनसान बन्ने गर्दथ्यो । फूलपाती अघि नै किनमेल सकेर दशै मनाउन गृह जिल्ला फर्किने भएकाले सुनसान हुने गर्दथ्यो । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण नेपालगन्जबाट बाहिरिने मानिसको संख्या न्यून रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x