बलात्कारका घटना रोक्न सरकार असफल भन्दै महिला संघको प्रदर्शन

मुलुकमा महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको भन्दै समाजवादी महिला संघको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल-भारत बिच सम्बन्ध सुधारको पहल शुरु
सरकार बिरुद्ध मजदुर संघर्ष समितिको प्रदर्शन
महिला हिंसा र बलात्कारका घटना बढ्दै गएपनि सरकारले यसलाई रोक्न कुनै पहल नगरेको भन्दै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनका सहभागीहरुले हालै गृहमन्त्री राम बहादुर थापाले बलात्कारबारे व्यक्त गरेको अभिव्यक्तिविरुद्ध पनि नाराबाजी गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले संसदको राज्य व्यवस्था समितिको बैठकमा नेपाल बलात्कार कम हुने राष्ट्रको सूचिमा रहेको बताउनुभएको थियो ।
स्वास्थ्य कमजोर बोल्न सक्दैनन् डा. गोविन्द केसी
कोरोना केही होईन भन्ने अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना पुष्टि
नेपाली नागरिकको कोरोना संक्रमण चेकजाँच चीनले गर्ने
प्रदर्शनमा सहभागी समाजवादीका नेतृ हिसिला यमिले बलात्कारका घटना बढ्दै गएको अवस्थामा राज्यले कुनै पहलकदमी नलिएको भन्दै यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो । बलात्कारबारे व्यक्त गरेको अभिव्यक्तिविरुद्ध निन्दनिय रहेको उहाले बताउनुभयो ।
प्रदर्शनमा सहभागीहरुले ‘गृहमन्त्री ज्यू, विश्वको सबै भन्दा बढी बलात्कार हुने देश नभएसम्म हामी चुप लागेर बस्ने हो ? , बलात्कारीलाई फाँसी दिनुपर्ने, बालिका सुरक्षाको प्रत्याभूमि गर लगाएत प्लेकार्ड बोकेका थिए । उनीहरुले महिला हिंसा र बलात्कारका घटनाको बिरोधमा निरन्तर आवाज उठाउने बताएका छन् ।




