बाँकेका ३८ सहित ८३ जनामा कोरोना पुष्टि
बाँकेका सोमबार ३८ जनामा बाहिरी जिल्लाका ४५ जना ८३ जनामा संक्रमित थएिका छन् । बाहिरी जिल्लाका ११ महिला ३४ पुरुष रहेका छन् ।
बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ३८ जनामा कोराना देखिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जसअनुसार भेरी अस्पतालमा गरिएको परिक्षणमा २४ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १० जना र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा २ जनामा कोरोना देखिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा १३ महिला र २३ जना पुरुष रहेका छन । योसंगै बााकेमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ७ सय २९ पुगेको छ । अहिले सम्म बाँकेमा १४ र बाहिरी जिल्लाबाट बाँकेमा उपचारका क्रममा ज्यान गुमाउने २९ गरी ४३ जनाको मृत्यू भएको छ ।
“नयाँ मुलुक” का रूपमा यी चार ओटा जिल्ला
जग्गाधनीहरुलाई लालपुर्जा वितरण






