२ श्रावण २०८३, शनिबार
बाँकेमा १३ अन्य जिल्लाका ३ गरी १६ जना संक्रमित थपिए
बाँकेमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् अन्य जिल्लाका ३ जना गरी १६ जना रहेका छन ।
भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय ९० पुगेको छ ।
हालसम्म २ हजार ५ सय १४ जना निको हुँदा ३० जनाको मृत्यु भएको छ । अहिले ४ सय ४६ जना आइसोलेसनमा छन् । बाँकेमा गरिएको परिक्षणमा बाहिरी जिल्लाका ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।




[…] […]