१ श्रावण २०८३, शुक्रबार
बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका ६० बर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जको कोभिड आइसोलेसन वार्डमा उपचाररत् नेपालगन्ज-१२ का ती पुरुषको शनिवार बेलुका ५ः ५६ मा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विहीबार भेरी पुर्याइएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाव संकलन गरिएको थियो । त्यसैदिन रिपोर्ट पोजेटिभ आएको थियो ।
जमुनाह सिमानाकामा हजारौंको जम्मा हुन्छ भिड,सरकार बेखबर प्रहरीलाई सकस
राजधानी सार्ने बिषयमा कांग्रेस रुपन्देही आन्दोलित
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मुटु सम्वन्धित रोगबाट पीडित थिए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

भारतीय राजदूतावास द्वारा जुम्लाको एक शिक्षण अस्पताललाई एम्बुलेन्स प्रदान
Subscribe
Login
0 Comments



