१२ असार २०८३, शुक्रबार

बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि

एसीपी संवाददाता

२ कार्तिक २०७७, आईतवार १४:४० मा प्रकाशित

चाडपर्ब नजिकदै जादा बाँकेमा सुरक्षा ब्यवस्थालाई थप कडा बनाईएको छ ।

https://www.youtube.com/watch?v=66WNH3peoBs

बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा अन्तरगत क्वीक रेस्पोन्स टिम ( क्यु आर टी ), नागरिक सहायता कक्ष, ट्राफिक ब्यवस्थापन लगायतका कार्यक्रम संचालन गरेको छ भने चेकजाच कार्यलाई समेत तिब्र पारेको छ ।

जिल्लाको सुरक्षा ब्यवस्थालाई सुदृढ पार्न ब्यापक मात्रामा प्रहरी परिचालन पनि गरेको छ । बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम आफैपनि फिल्डमा खटिएका छन ।सिमापारीबाट नेपाल भित्र्याइन सक्ने अबैध हातहतियार, विष्फोटक पदार्थ तथा लागू औषधहरुलाई लक्षित गरी सम्भावित अपराधलाई हुन नदिन कुकुरद्वारा सुँघाएर पत्ता लगाउनकालागि यो अभियान सुरु गरिएको बताए ।प्रहरी उपरीक्षक रानाले सिमा नाकामा मात्र नभएर जिल्ला भित्र पर्ने राजमार्ग, बसपार्क तथा आवश्यक देखिएका स्थानहरुमा आकस्मिक रुपले ‘डग स्न्यापिङ’ अभियानद्वारा चेकजाँच गरिने जानकारी दिए । आईतबार सिमा नाका जमुनाह, भन्सार कार्यालयमा रहेको होल्डिङ्ग सेन्टर तथा धम्बोझी चोकमा यात्रुहरुको सामान तथा सवारी साधनमा कुकुरद्वारा सुघाएर चेकजाँच गरिएको थियो ।

चेकजाँचमा नेपाल प्रहरीका ‘लव’ र ‘एलेक्स’ नामक दुई वटा कुकुरहरु खटिएका थिए ।

शुक्रबार ६५ औ प्रहरी दिवस

आईतबार प्रहरी उपरिक्षक राना मातहतका प्रहरी कर्मचारीहरु र तालिम प्राप्त कुकुरसहित चेकजाचमा सडकमा उत्रेका थिए । प्रहरी उपरिक्षक रानाले आपराधिक क्रियापलाप नियन्त्रण र चाडपर्वमा हुन सक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रहरीले बिभिन्न योजनासहितको बिभिन्न सुरक्षा ब्यवस्था संचालन गरिरहेको बताउनुभयो । नगरका बिभिन्न स्थानमा प्रहरी उपरिक्षक रानासहितको टोली हरेक दिन सक्रिय रुपमा परिचालित छन ।

कैलालीमा ईञ्चार्ज असईको हत्या, हत्यामा शंकास्पद व्यक्ति प्रहरीको नियन्त्रणमा

सार्बजनीक सवारीसाधनमा तालिम प्राप्त कुकुरहरुले सर्च गरेका थिए । प्रहरीको सक्रियताले सर्बसाधारणहरुलाई सुरक्षाको प्रत्याभूति भएको स्थानीयहरुले बताएका छन ।

कुन बाटो भएर नेपालगंज आउँछ ब्राउन सुगर ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर रान… […]

1
0
Would love your thoughts, please comment.x
()
x