बाँकेमा बिहिबार ५१ थप,२४ जना सिकिस्त बिरामीको उपचार चल्दै २४ जना डिस्चार्ज

बाँकेमा अहिले कोरोनाबाट संक्रमित भएका मध्ये २४ जना सिकिस्त रहेका छन् । हाल २४ जना सिकिस्त विरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १२ र १२ जना सिकिस्त विरामीको उपचार भइरहेको ।
- चीनले ताईवानमाथी आक्रमण गरेमा स्थिती भयानक हुने अमेरीकी चेतावनी
- ‘नेपाल–भारत विकास सहकार्य’ विद्यालय भवन निर्माण सम्पन्न
- चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै कपिलवस्तुमा प्रदर्शन
श्रेष्ठका अनुसार भेरीमा ५४ जना मध्यम र १ जना सामान्य विरामी उपचारार्थ भर्ना छन् । त्यस्तै मेडिकल कलेजमा ३६ जना मध्यम र २६ जना सामान्य विरामीको उपचार भइरहेको छ ।
शुक्रबार बिहान २४ जना निको भई घर फर्केका छन् । ६ महिला १८ पुरुष गरी २४ निको भई घर फर्किन लाको श्रेष्ठले जानकारी दिनु भयो ।
जिल्लाका ४ वटा स्थानीय तहमा १ सय १५ जना होम आइसोलेसनमा छन् । नेपालगञ्जमा ७१, कोहलपुरमा ३५, बैजनाथ गाउँपालिकामा ५ र खजुरामा ४ जना होम आइसोलेसनमा छन् । यसैबीच बिहिबार बाँकेमा थप ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै संक्रमितको संख्या दुई हजार दुई सय ८९ पुगेको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा विहीबार ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा २७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा २० र बागेश्वरी प्रयोगशालामा ४ जना गरी १५ महिलासहित ५१ संक्रमित फेला परेका हुन् ।




