बाँकेमा विश्वहात धुने दिवस मनाइयो
प्रहलाद विश्वकर्मा, नेपालगंज २९ असोज, “हातको सरसफाई सबैकालागि–साबुनपानीहात सधै साथसाथ” भन्ने मुलनाराकाविश्वहातधुने दिवस मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाशाखाको आयोजनामा, नेरेसो उपशाखा र स्थानीयतहको वडाहरुको सहभागितामाहातधुने प्रदर्शनीगर्नुका साथै पर्चा पम्पलेट वितरण गरिएको छ ।
कोभिड–१९ को संक्रमण रोकथामकालागिहरेक दिन पटक पटक२० सेकेन्डसम्म साबुनपानीलेहातधुने, मास्कअनिवार्य लगाउने र सामाजिक दुरी कायम गरी राख्ने भन्ने सन्देश सबै स्थानमाप्रवाहगरिएको छ ।
- राधेश्याम बिश्वकर्माको संयोजकत्वमा डुडुवा कालाबन्जरमा जनमत गठन
- नेकपा र राप्रपा परित्याग गरी १८ जना जसपामा प्रवेश
- पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्दै धार्मिक संगठन द्वारा धर्ना

देशभर एक महिना (१३ आश्विन देखि १४ कार्तिक) सम्म संचालनभईरहेको साबुनपानीले हातधुने राष्ट्रिय अभियानलाईबाँके रेडक्रसले पनिनिरन्तरतादिएको छ । साथै कार्यक्रम संचालनभएको स्थानमामास्कनलगाएकाव्यक्तिहरुलाई मास्कवितरण र हातधुने अभ्यास समेत गराइएको थियो ।

चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी
नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड–१९ पूर्वतयारी तथाप्रतिकार्य कार्यक्रमको समन्वयमा स्थानीयतहको विभिन्न वडामा क्रियाशिल सहयोगीकार्यदलहरुको अगुवाईमा साबुनपानीले हातधुने अभियानका रुपमाबाँके जिल्लामा संचालनहुँदै आएको कुरा नेरेसो बाँके शाखाकामन्त्रीअजीजअहमद सिद्दिकीले बताउनु भयो । कार्यक्रममा स्थानीयजनप्रतिनिधि, नेरेसो शाखा र उपशाखाकापदाधिकारी, सदस्य, कर्मचारी, स्थानीयबासी र बटुवाहरुको समेत सहभागिता रहेको थियो ।




