१२ असार २०८३, शुक्रबार

बाँकेमा २६ निको, भेरीको प्रयोगशालामा ८६ कोरोना संक्रमित थपिए

एसीपी संवाददाता

२७ आश्विन २०७७, मंगलवार १४:४२ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।अस्पतालले मंगलबार बेलुकी ७ बजे जारी गरेको अद्यावधिक अनुसार बाँके, बर्दिया, सुर्खेत, दैलेख लगायतका जिल्लाका थप ८६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ४०५ स्वाबको नमुना मध्ये ८६ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ । यसै बीच मंगलबार नै बाँकेका थप २६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

टिकटकमा अश्लील भिडियो आउने गरेको भन्दै पाकिस्तानले लगायो प्रतिबन्ध

जिम्मेवार पक्षको लापरवाहीका कारण नै मानसिक रोगीको समस्या बढ्दै

डिष्चार्ज हुनेमा १३ महिला तथा १३ पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ७३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । बाँकेमा विरामी निको हुने दर ७६.७६ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय ४१ जना छन् । बाँकेमा हालसम्म २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि हुँदा २६ जनाको भने मृत्यु भइसकेको छ ।

सिमास्तम्भ रङ्ग्याउँदै चीन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x