२५ श्रावण २०८३, सोमबार

बुटवलमा हुने आमसभाका लागि ओलिले कस्से कम्मर बिपक्षीमा हडकम्प

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार ०८:१० मा प्रकाशित

नेकपा ओली समूहले फागुन १ गते बुटवलमा दुई लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ।

नेकपा लुम्बिनी प्रचार प्रसार विभागले आज पत्रकार सम्मेलन गरी उक्त पूर्वजनमुक्ति सेनासहित २ लाख कार्यकर्ता उतार्ने तयारी भएको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका लुम्बिनी इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले २ लाख कार्यकर्ता उतार्ने जानकारी दिए। उनले उक्त दिन बुटवलबाट ऐतिहासिक सन्देश दिनका लागि जनसभाको आयोजना गरिएको बताए।

प्रचण्डको सभामा पन्तको अभिव्यक्तिले हिन्दु धर्ममा आस्था राख्नेहरू फायर

‘प्रचण्ड–नेपालले फागुन १ को ऐतिहासिक महत्व बिर्सनु भो’, पोखरेलले भने, ‘त्यसलाई समेट्दै पार्टी एकबद्ध छ भन्ने सन्देश दिने हाम्रो उद्देश्य हो।’

उनले फागुन १ गते बुटवलमा पूर्वजनमुक्ति सेनाको ठूलो समूह उपस्थित रहने जानकारी दिए। पोखरेलकाअनुसार त्यस दिन बिहान ९ बजे उनीहरुको अगुवा भेला हुने र भेलालाई मुख्यमन्त्री शंकर पोखरेल र मन्त्री लेखराज भट्टले प्रशिक्षण दिने कार्यक्रम छ।  

दिउँसो हुने जनसभामा भने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललगायतले सम्बोन्धन गर्ने उनले बताए।

पार्टी एकीकरण सन्देश दिन र मुलुक कसरी अगाडि बढ्दै छ भन्ने सन्देश दिन जनसभा सफल हुने दाबी पोखरेलले गरे।

दिउँसो १ बजे बुटवलको सिद्धेश्वर खेल मैदानमा जनसभा सुरु हुनुअघि हस्पिटल लाइनको खुल्ला ठाउँबाट जुलुस निस्की बुटवल बजार परिक्रमा गर्ने कार्यक्रम रहेको पोखरेलले जानकारी गराए। यो समाचार आयोमेल बाट लिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x