२ श्रावण २०८३, शनिबार

महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै

एसीपी संवाददाता

९ कार्तिक २०७७, आईतवार ०६:५२ मा प्रकाशित

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँएको छ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

यसबर्ष कोराना महामारीका कारण नेपालगन्वस्थित बागेश्वरी मन्दिरमा सर्बसाधारणको प्रवेशमा रोक लगाईएकोले मन्दिरमा पुजाआजा गर्नेहरुको उपस्थिती कम भएपनि श्रद्धालु भक्तजनहरु मन्दिरको प्रवेशद्वार बाहिर उभिएर पुजाआजा गरेका थिए । वागेश्वरी मन्दिरमा छिमेकी जिल्ला लगायत छिमेकी मूलुक भारतबाट पनि श्रद्धालु भक्तजनहरु आएर पूजापाठ गरी बली चढाउने चलन रहेपनि यसपटक सिमा बन्द गरिएकोले उनीहरु आएका थिएनन । वागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पुरा भएको खुशी मनाउदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलि आएको छ ।

पशुबलि नदिनेहरुले भने आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेकी थिइन । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x