माइतीघर मण्डलादेखि उल्टो हिँड्दै बानेश्वरसम्म नेबिसंघको प्रदर्शन
लक्ष्मी थारु एसिपी न्यूज । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट शुरु भएको रयाली उल्टो हिँड्दै बानेश्वरसम्म पुगेको हो ।
लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता नेपाली काँग्रेस
बिद्यार्थी नेता तथा कार्यकर्ताहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाउदै उल्टो पद यात्रा गरेका थिए । प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेकाले हामीहरु पनि उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुप रहेको एक जना बिद्यार्थी नेताले जानकारी दिएका छन् ।
ज्ञात होस कि प्रधानमन्त्री केपिओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गर्नुको साथै मध्यावधि निर्वाचनको मिति तोकेकी छन् । प्रधानमन्त्रीको यो कदमले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा समेत विभात्ति नै भएको भन्न सकिन्छ । हिजोबाट नै नेपाल विद्यार्थी संघ प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध शुक्रबार १ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिने जनाएको थियो ।
नेविसंघले प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अनुरोध गरेको थियो । नेकपाको बिवादका कारण गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । अहिले ओलीको कदमविरुद्ध कांग्रेसले पुस २५ गते देशभरि ओली सरकारविरुद्ध प्रदर्शन गर्ने तयारीमा छ ।


