१७ असार २०८३, बुधबार

मोदीको सामाजिक सञ्जाल एक्समा १० करोड बढी फलोअर्स

एसीपी संवाददाता

२ श्रावण २०८१, बुधबार १०:३२ मा प्रकाशित

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल एक्समा १० करोड बढी फलोअर्स भएका छन् ।

अहिलेसम्म उक्त सञ्जालमा विश्वका कुनै पनि नेताको यति धेरै फलोअर्स पुगेका छैनन् । विश्वका नेतामा मोदीको यो फलोअर्स संख्या विश्व कीर्तिमान हो ।

सन् २००९ देखि एक्समा जोडिएका मोदीलाई पछिल्लो तीन वर्षमा मात्रै तीन करोड मानिसले फलो गरेका छन् ।

उनी दोस्रो स्थानमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन भन्दा धेरै अगाडि छन् । बाइडेनका ३ करोड ८० लाख फलोअर्स छन् ।

यस्तै, तेस्रो नम्बरमा टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगानका २ करोड १५ लाख फलोअर्स रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x