यात्राको लागि बस छ तर यात्री छैनन्

कोरोनाका कारण झण्डै ६ महिना बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात खुला भएपनि यात्रुको संख्या भने न्युन देखिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रुको संख्या भने न्युन देखिएको हो ।

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । कोभिड–१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६ देखि ७ सयको हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेका थिए ।

तर, अहिले प्रत्येक दिन बढीमा अढाई सय सार्वजनिक यातायात बाहिरीने गरेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका एचआर व्यवस्थापक पंकज मल्लले पहिलेको तुलनामा नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै बताउनुभयो ।

डा.केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु घटेको बताउनुभयो । कोभिड–१९ र बन्दाबन्दीको असर पर्यटक बसमा समेत परेको व्यवसायीहरुले बताएका छन् ।
- बाँकेमा शनिबार थप ४३ जना संक्रमित थपिए ४२ निको भई घर फर्के
- सरकारको गतिबिधि बिरुद्ध सडक संघर्षमा कांग्रेस
- भारतीय राजदूतावास द्वारा जुम्लाको एक शिक्षण अस्पताललाई एम्बुलेन्स प्रदान



