युवाहरूको आन्दोलनलाई समर्थन गर्दै तराई मधेश जनता पार्टीको एक्यवद्धता
काठमाडौं – तराई मधेश जनता पार्टी नेपालका केन्द्रिय अध्यक्ष ध्रुव शर्माले विद्यार्थीहरुको आन्दोलनलाई समर्थन गर्दै युवा माङ लाई तत्कालीन सम्बोधन गर्न अनुरोध गर्नु भएको छ ।
सरकारलाई अनुरोध गर्दै आज भएको बिरोध प्रदर्शनको क्रममा घाईते भएका प्रदर्शनकारीहरु माथि प्रहरीले गरेको दमन प्रती पार्टी कडा निन्दा ब्यक्त गरेका छ्न । राजधानी लगाएत देश भरमा भएको प्रदर्शनमा युवाहरु माथी प्रहरीको दमनले लोकतन्त्र खतरामा परेको बताउनु भयो ।
नेपाल सरकारले युवाहरुको आवाज दबाउन समाजिक संजाल माथी प्रतिबन्ध लगाउदा देशका युवाहरु आक्रोशित भएका हुन । यस्ताको घटनाको जिम्मेवारी लिदै गृहमन्त्री र प्रधानमन्त्री केपि शर्मा ओलिले तत्कालीन राजीनामा दिनु पर्ने माङ गरेका छ्न । तत्कालीन प्रधानमन्त्रीले गरेको समाजिक संजाल बन्द गर्दा देशमा भएको गतिविधि र सरकारको भ्रष्टाचार लाई उजागर गर्ने युवाहरुलाई प्रतिबन्ध लगाउने प्रयास गरेको भन्दै कडा बिरोध जनाउदै यस्ता आन्दोलनलाई आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताउनु भयो ।
प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोलिले मृत्यु भएका प्रती समवेदना ब्यक्त गर्दै र घाईत प्रतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने र युवाहरूको माङ लाई तत्काल सम्बोधन हुनु पर्ने माङ राख्नु भयो


