७ बैशाख २०८३, सोमबार

राजसंस्था फर्काउन माग गर्दै पश्चिम नवलपरासीमा मोटरसाइकल र्‍याली प्रदर्शन

एसीपी संवाददाता

२४ मंसिर २०७७, बुधबार १२:०५ मा प्रकाशित

राजसंस्था फर्काउन माग गर्दै पश्चिम नवलपरासीमा मोटरसाइकल र्‍याली निकालेका छन् ।

चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा ५० करोड,ऋण तिर्न बाकी नै छ


हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै बर्दघाटबाट निस्केको मोटरसाईकल जुलुस भूमही, सुनवल हुँदै सदरमुकाम परासीमा आएर सभामा परिणत भएको थियो।

सभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले राष्ट्रलाई बचाउनका लागि अब राजासहितको हिन्दु राष्ट्रको विकल्प नभएकोमा जोड दिएका थिए।

सभामा राप्रपाका जिल्ला नेता रामभवन यादव, शिव सेना नेपालका जिल्ला संयोजक उपेन्द्र गौतम, रमेश श्रेष्ठलगायतले वर्तमान राज्य व्यवस्थाबाट जनताहरु आजित भएको भन्दै राजसंस्था पुनर्स्थापना प्रति जनताको सहभागिता बढ्दै गएको दाबी गरेका थिए।

प्रदर्शनमा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। जुलसका सहभागीहरुले पूर्वराजालाई कमजोर ठान्नेका लागि यस्ता प्रर्दशन शक्ति प्रदर्शनका रुपमा विभिन्न जिल्लामा गर्दै आएको बताएका थिए।सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x