२३ भाद्र २०८३, मंगलवार

शान्ति पुनर्स्थापना गृहको आयोजनामा रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

एसीपी संवाददाता

२२ भाद्र २०८३, सोमबार २३:४९ मा प्रकाशित

कपिलवस्तु, भाद्र

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजनामा कृष्णानगरको लिंक गेटमा
श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

साँझ ६ बजे आयोजित उक्त कार्यक्रमको शुभारम्भ कृष्णानगर नगरपालिका वडा नं २ कि कार्यवाहक अध्यक्ष रेनु शर्मा
लगायतले मैननबत्ती बालेर गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी हरुले विपद्‌मा परी ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो।

कृष्णनगर नगरपालिका, इलाका प्रहरी कार्यालय कृष्णानगर , सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुको सहकार्य तथा विभिन्न संघसंस्था, होटल व्यवसायी संघ, स्थानिय प्रतिनिधी, बुद्धिजिवि, यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x