१२ मंसिर २०८३, शुक्रबार

संबिधानको लागि मात्र नभई आफनो हकअधिकारको लागि संघर्ष गरेको – महन्त ठाकुर

एसीपी संवाददाता

१३ फाल्गुन २०७७, बिहीबार ०७:४५ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले संविधान रक्षाका लागि सडक संघर्षमा नउत्रेको बताएका छन् । उनले मधेशीमाथि हुँदै आएको अन्याय, अत्याचार र दमनको विरुद्धमा अहिले पनि संघर्षमै रहेको जिकिर गरेका हुन् ।

बुधबार पूर्वराजपानिकट राष्ट्रिय विद्यार्थी संघले संघीय राजधानी काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक सन्दर्भमा बृहत विद्यार्थी तथा भेला तथा सम्वाद कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले यस्तो धारणा राखेका थिए ।

उनले भने, ‘हामी जुन समानता, सामाजिक न्यायका लागि संघर्ष गर्दै आएको छौं, त्यो स्थापित नभएसम्म हामीलाई संघर्षमै रहनुपर्छ ।’ उनले मानव सभ्यता इतिहासदेखि संघर्ष गर्दै बाँचिरहेको उदाहरणसमेत प्रस्तुत गरेका थिए ।

‘कोभिशिल्ड’ खोप दिने अभियानबाट ८५.६५ प्रतिशत उपलब्धि हासिल

अध्यक्ष ठाकुरले देशमा उत्पन्न संकटका कारण कुर्सीकै लडाइका कारण भएको दाबी गरेका छन् । उनले अहिले पनि सत्तारुढ दलभित्र कुर्सीकै लागि झगडा भएको बताए ।

नेपालमा कम्युनिष्ट पार्टी असफल भइसकेको दाबीसमेत उनले गरे । उनले कम्युनिष्ट पार्टीलाई जनताले करिब दुई तिहाइको सुविधाजनक बहुमत दिँदासमेत सरकार चलाउन नसकेकोले कम्युनिष्ट सरकार र कम्युनिष्ट पार्टी असफल भइसकेको तर्क गरे ।

सुरक्षाकर्मीबाटै असुरक्षित मजदुरहरु सिमा-नाकामा ओहोरदोहोर गर्दा तिर्नु पर्ने पैसा

राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, विशेष अतिथिहरु केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, अनिल कुमार झा, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, अतिथिहरु जसपाका नेताहरु वृषेश चन्द्र लाल, अकवाल अहमद शाह, राजीव झा, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, डा.सुरेन्द्र झा, केशव झा लगायत विद्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । मधेशवाणीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x