११ भाद्र २०८३, बिहीबार

सत्यतथ्य बारे खुलेर बौलौ र बुझौ

एसीपी संवाददाता

२६ भाद्र २०८२, बिहीबार १८:४४ मा प्रकाशित

अमेरिका–युरोपले NGO INGO र इशाई मेसिनरीज हरुले नेपाली युवाहरूको मस्तिष्क नियन्त्रणका विभिन्न संयन्त्र निर्माण गरेर लामो समयदेखि काम गरिरहेका छन् । देशभरिमा यस्तो सञ्जाल निकै ठुलो छ । यस्तो सञ्जाल निर्माणमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादीहरूले दिलोज्यानले मदत गरेका हुन् । जेन्जी मुभमेन्टमा यो सञ्जालको प्रभाव र दबाब गहिरो थियो र छ । यो व्यवस्था र यो संविधानलाई खारेज गर्न पाइँदैन, राष्ट्रपतिसँग वार्ता गर्नुपर्छ भन्ने धार यही हो । राष्ट्रपतिले राजिनामा नदिएको पनि यो व्यवस्था जोगाउनकै लागि हो ।

अहिले दुइटा कुरामा विवाद छ : संसद ब्यूँताउने कि अन्तरिम सरकार बनाउने तर यो विवादको एउटा पक्ष साझा छ–यो व्यवस्था र यो संविधान खारेज हुनुहुँदैन । काङ्ग्रेस, एमाले, माओवादी र रास्वपाले यही संसदलाई ब्यूँताउने कुरा गर्दैछन् भने जेन्जीको सञ्जालले अन्तरिम सरकारमार्फत् नयाँ निर्वाचनमा जाने कुरा गर्दैछ । नमिलेको कुरो यत्ति हो । यसबाहेक सबै कुरामा दुबै पक्ष सहमत छन् ।

यसको अर्थ हो – यो दुबै पक्ष पश्चिमा आइएनजिओ बन्द गर्ने विषयसँग सहमत हुनेछैनन् । धर्मनिरपेक्षताको खारेजीसँग सहमत हुनेछैनन् । इसाइ मिसन रोक्ने कुरासँग सहमत हुनेछैनन् । नेपाललाई शरणार्थी क्याम्प बन्न नदिऔँ भन्ने कुरासँग सहमत हुनछैनन् । राजसंस्था पुनःस्थापनाको कुरासँग सहमत हुनेछैनन् ।

अब भ्रष्टाचारीलाई कारवाहीको मुद्दा ओझेलमा पर्दै जानेछ किनभने जसलाई हामीले भ्रष्ट भनिरहेका छौँ तिनीहरू पनि उसैका मान्छे हुन्, तिनीहरूलाई पनि सुरक्षित राख्नु उसको बाध्यता हो अथवा आवश्यकता हो । तसर्थ राष्ट्रवादी साथीहरू यो घुमिफिरी रुम्झाटारमा अल्झेर काम छैन ।

हामीले जबरजस्त ढंगले आवाज उठाऔँ कि सबैभन्दा पहिला भ्रष्टहरूलाई कारवाही हुनुपर्छ । आइएनजिओहरू बन्द हुनुपर्छ । धर्मनिरपेक्षता खारेज हुनुपर्छ । राजसंस्था पुनःस्थापित हुनुपर्छ । आइएनजिओमा काम गर्नेहरू, भ्रष्टाचार गर्नेहरू, माफियाहरू, दलालहरूको राजनीतिक अधिकार खोसिनेछ । शिक्षा, स्वास्थ्य, संवैधानिक निकाय, कुटनीतिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिनेछ ।

विषयान्तरको प्रयास दुबै पक्षबाट सुरु भइसकेको छ ।

जेन्जी समूहमा राष्ट्रवादी चेत भएका युवा साथीहरू पक्कै पनि हुनुहुन्छ । तपाईँहरूले यो परिस्थितिलाई चिरेर पश्चिमाले निर्माण गर्न चाहेको साम्राज्यको जग हल्लाउन सशक्त भूमिका खेल्नुहोस् । जेन्जीको आवरणमा पनि पश्चिमाकै एजेण्डा लागु हुनुपर्ने, गणतन्त्रको नाममा पनि पश्चिमाकै दबदबा हुनुपर्ने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x