१२ भाद्र २०८३, शुक्रबार

सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको लाखौंको सामान बरामद

एसीपी संवाददाता

३ आश्विन २०८२, शुक्रबार १९:१० मा प्रकाशित

कृष्णानगर, असोज

कपिलवस्तु जिल्लाको कृष्णानगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थान बाट लाखौंको राजस्व छलिको सामान बरामद गरेको छ।

कृष्णानगरको व्यारिएर चेक पोस्टमा चेक जांच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको लेडिज सुट, वान पिस,साडी थान कपडा,पतका लगायतको लगभग साठ्ठी हजार बराबरको
समान सशस्त्र प्रहरीले बरामद गरेको छ।

छड्के चेक जांच गर्ने क्रममा शिवराज नगरपालिकाको उमरीमा भारत बाट अबैध रूपमा भन्सार छलि गरि ल्याउदै गरेको अवस्थामा मोटरसाइकिल र फुलकी, चाकलेट गरि एक लाख आठ हजार बराबरको सामान सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

पक्राउ गरेको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x