सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ। आइतबार प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको हो।
चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा ५० करोड,ऋण तिर्न बाकी नै छ
सुदूरपशिचम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार सम्म प्रदेशभर कोरोना संक्रमितको संख्या ११ हजार ७ सय २८ पुगेको छ। जसमा सकृय संक्रमितको संख्या २ हजार ५४ रहेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार आइतबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ४८ जना, बैतडी अस्पतालको प्रयोगशालामा ६ जना, बझाङ अस्पतालको प्रयोगशालामा १० जना, अछामको कमलबजार प्रयोगशालामा २६ जना र डोटी अस्पतालको प्रयोगशालामा दुई जना गरी ९२ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार थपिएका संक्रमितमा कैलालीका २३ जना, कंचनपुरका २४ जना, अछामका २६ जना, बैतडीका ७ जना, बझाङका १० जना र डोटीका एक जना रहेका छन् । आइतबार प्रदेशभर बैतडीका एक जना संक्रमित मात्र डिष्चार्ज भएर घर फर्किएका छन्।
आइतबार सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको मन्त्रालयले जनाएको छ।


