१२ भाद्र २०८३, शुक्रबार
स्वास्थ्यकर्मी महासंघ बाजुरा जिल्ला समितिका सचिवले युवाको समर्थनमा राजीनामा
नुर मोहम्मद अन्सारी
बाजुरा — स्वास्थ्यकर्मी महासंघ बाजुरा जिल्ला समितिका सचिव रॉयल बिष्टले युवाहरूको अभियानलाई समर्थन गर्दै पदबाट राजीनामा दिएका छन्।
सचिव बिष्टले राजीनामा घोषणा गर्दै भने, “Gen-G पुस्ताले समाज परिवर्तनका लागि देखाएको उत्साह र सक्रियताले मलाई गहिरो रूपमा प्रभावित गर्यो। उनीहरूलाई व्यक्तिगत हैसियतबाट अझ प्रष्ट रूपमा साथ दिन अब म संस्थागत जिम्मेवारीबाट अलग हुनुपर्छ भन्ने लाग्यो।”
उनको निर्णयलाई धेरैले युवाको अभियानप्रति सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्। स्थानीय युवाहरूले सचिव बिष्टको कदमलाई स्वागत गर्दै यसलाई सामाजिक रूपान्तरणतर्फको बलियो प्रेरणाको रूपमा लिएका छन्।
बिष्टले पद छाडे पनि समाजसेवा र जनस्वास्थ्यका क्षेत्रमा सक्रिय रहने बताउनुभएको छ।
Subscribe
Login
0 Comments


