स्वास्थ्य राज्यमन्त्री रावतद्वारा भेरी अस्पतालको निरीक्षण
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भेरी अस्पतालको निरीक्षण गरेका छन् । राज्यमन्त्री रावतले अस्पतालको भौतिक संरचना र सेवा प्रवाहको अवस्थाबारे सोमवार विहान निरीक्षण गरेका हुन् ।
पश्चिम नेपालको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालको पुरानो संरचना भत्काएर नयाँ निर्माणका लागि योजना बनाउन निर्देशन दिँदै उनले कोरोना संक्रमित विरामीको उपचारमा भेरी अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै थप सुविधा सम्पन्न बनाउन पहल गर्ने आश्वासन दिए ।
नेकपा बिवाद बढदै जांदा चिनियाँ राजदूत याङ्छी र प्रचण्डबीच भेटवार्ता
मन्त्री रावतले नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड दिए । त्यस अवसरमा भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धिताल, मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अस्पतालको अवस्था, योजना र सुधारका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।
त्यही क्रममा मन्त्री रावतलाई मेडिकल कलेज सञ्चालनलगायत अन्य संरचना निर्माणका लागि ज्ञापनपत्र बुझाइएको थियो ।


