११ मंसिर २०८३, बिहीबार

हप्ताको दुई दिन खुल्ने नेपाल—भारत सीमाना झुलाघाट नाका

एसीपी संवाददाता

२३ पुष २०७७, बिहीबार ११:२८ मा प्रकाशित

फाइल त्स्बिर
बैतडी । नेपाल—भारत सीमानामा रहेको बैतडीस्थित झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने भएको छ । सोमबार र शुक्रबार नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर नाका दुई दिन खोलिने उनले बताए ।

सिमास्तम्भ रङ्ग्याउँदै चीन

अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्न दिइने भन्दै उनले भने , ‘कामको प्रकृतिसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । जिल्ला प्रशासनको सिफारिसमा हप्ताको दुई दिन नाकाबाट आवतजावत दिइनेछ । ’ विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने उनले बताए ।

कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि झुलाघाट नाका बन्द थियो । धनगढीखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x