१ श्रावण २०८३, शुक्रबार

हवाई नीति अद्यावधिक एवं संशोधन गरी प्रतिस्पर्धाको माध्यमबाट ग्राउन्ड ह्याण्डलिङ सम्बन्धी निर्णय गर्न सरकारलाई निर्देशन

एसीपी संवाददाता

१९ आश्विन २०७७, सोमबार ०६:४२ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राष्ट्रिय हवाई नीति २०६३ मा समय सापेक्ष अद्यावधिक एवं संशोधन गरी प्रतिस्पर्धाको माध्यमबाट ग्राउन्ड ह्याण्डलिङ सम्बन्धी निर्णय गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले नागरिक उड्डयनको अवस्था र कोभिड १९ का प्रभाव तथा उद्धार उडानको अनुमति अधिकारी स्थानीय प्रशासनलाई दिने विषयमा छलफल गर्दै यस्तो निर्देशन दिएको हो । समितिले पर्यटन मन्त्रालयलाई कोभिड महमारीका कारण पर्यटन क्षेत्रमा परेको असरको अध्ययन तथा विश्लेषण गर्न निर्देशन दिएको छ भने कोभिडबाट जोगिन आवश्यक सुरक्षाका उपायहरूसमेत समावेश गरेर विशेष निर्देशिका ल्याएर कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै बैठकले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्दार सहजीकरण गर्न निर्देशन दिएको छ । बैठकमा गृहमन्त्री राम बहादुर थापाले हिमाली क्षेत्रका आरक्षण क्षेत्रहरु र निषेधित क्षेत्रहरुमा दुर्लभ जिवजन्तु, बहुमूल्य जडिबुटीहरु र अन्य प्राकृतिक सम्पादाहरु रहेकाले र स्थानीय प्रशासनलाइ उडान अनुमति दिन नमिल्ने बताउनुभयो । उच्च हिमाली क्षेत्रका १३ वटा जिल्लामा बाहेक अन्य जिल्लामा उद्धार उडान अनुमति जिल्ला प्रशासनसंग लिन सकिने उहाले बताउनुभयो ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई आफ्नोमात्र ग्राउन्ड ह्याण्डलिङ गर्न अनुमति दिएको भन्दै अन्यको हकमा नेपाल एयरलाइन्सले नै ग्राउन्ड ह्याण्डलिङको काम गर्दै आएको बताउनुभयो ।

आईसीयूमा डा. केसी,सास फेर्न गाह्रो

आईसीयूमा डा. केसी,सास फेर्न गाह्रो

उहाले निगमलाई थप घाटाबाट जोगाउनका लागि बिभिन्न कामहरु भइरहेको जानकारी पनि दिनुभयो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागि स्थानीय बासिन्दालाई दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको सुरुवात भएको मन्त्री भट्टराईले बताउनुभयो । बैठकमा सांसद माधव कुमार नेपालले निजगढ विमानस्थल निर्माणको काम छिटो अघि बढाउनका लागि कुनै समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सुझाव दिनुभयो । त्यस्तै सांसद भीम रावलले आकस्मीक उद्दारमा देखिएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै सांसदहरुले बिभिन्न अन्तराष्ट्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कार्यलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x