पक्राउ गरिएकालाई नछाडे आन्दोलन चर्काउने नेविसंघको चेतावनी

बुटवल १९, असोज । नेपाल विद्यार्थी संघले संवादबाट नै प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामबारे समाधान निकाल्न आग्रह गरेको छ ।
बुटवलमा भइरहेका प्रदर्शनमा दमन र धरपकड गरिएकोमा नेविसंघले आपत्ति जनाएको हो।प्रदेशसभामा स्थायी राजधानी दाङ देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव दर्ता भएसँगै प्रदर्शन भइरहेका छन्।

चीनले नेपालको भूमि हडपेको तथा सगरमाथा पनि गुगल म्यापमा आफ्नोतिर पारेको दावी गर्दै विरोधमा प्रदर्शन
‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो,’ नेविसंघ महामन्त्री बलदेव तिमल्सीनाले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
- डा. गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपील
- चीनले भूमि मिचेको भन्दै काठमाडौँमा प्रदर्शन,युवाहरु पक्राउ
शान्तिपूर्ण आन्दोलन गरे पनि नेविसंघ उपसभापति मुक्तिराज पौडेललगायतलाई पक्राउ गरेकोमा विनाशर्त रिहाइ गर्न उनले माग गरेका छन्।
‘शान्तिपूर्ण ढंगबाट छलफल गरीरहेको अबस्थामा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, बिष्णु पोखरेल,ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रीय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डेलगायतलाई गरिएको गिरफ्तारी प्रति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाईको माग गर्दछु,’ उनले भनेका छन्।
पक्राउ गरिएकालाई नछाडे आन्दोलन चर्काउने नेविसंघले चेतावनी दिएको छ।साभार सेतोपाटी




