४ भाद्र २०८३, बिहीबार

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

एसीपी संवाददाता

६ फाल्गुन २०८०, आईतवार १२:३४ मा प्रकाशित

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ ।

जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५:३५ मा उडेको थियो । उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको’ इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि भूमि र समुद्र सतहहरूको निगरानीको लागि डिजाइन गरिएको हो। २ हजार २ सय ७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई  सहयोग पुर्याउने छ। अन्नपूर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x