१७ असार २०८३, बुधबार

राष्ट्रिय सुरक्षामाथि खतरा देखिएको भन्दै अमेरिकी संसदमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

एसीपी संवाददाता

८ चैत्र २०८०, बिहीबार ०७:४४ मा प्रकाशित

एजेन्सी । अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाइने भएको छ ।  अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको व्यवस्थाअनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला गरेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनियाँ मालिकले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।

टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरूका अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा देखिएको छ, जसकाकारण अमेरिका यसमा निकै चिन्तित रहेको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x