१७ असार २०८३, बुधबार

आसेपासेलाई निजामती कर्मचारी सरह खटाउँदै शिक्षामन्त्री, मन्त्रालयका कर्मचारी रुष्ट

एसीपी संवाददाता

१८ चैत्र २०८०, आईतवार १३:०२ मा प्रकाशित

काठमाडौं। शिक्षामन्त्री सुमना श्रेष्ठ स्टन्टमा रमाउन थालेपछि तीव्र आलोचना भएको छ।

आफ्नो अधिकार क्षेत्र ख्याल नै नगरी भर्ना अभियानमा प्रधानाध्यापकलाई बोलाएर छलफलदेखि बुढानिलकण्ठ स्कूलको छात्रवृत्तिको विज्ञापन बाचन गरेकी मन्त्री श्रेष्ठले निजामती कर्मचारीविरुद्ध अर्काे निर्णय गरेको खुलेको छ।

मन्त्रीबाहेक कर्मचारी स्थायी सरकार हुन्। अझ निश्चित तल्लो तहबाहेकमा करारमा कर्मचारी भर्ना गर्न पाइँदैन। तर, मन्त्री श्रेष्ठले एजुकेसन क्याटलिस्ट परिचालनसम्बन्धी कार्यविधि–२०८० स्वीकृत गरी उच्चशिक्षा अध्ययनरत र अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका रूपमा मन्त्रालयमा कामकाजमा खटाउन निर्णय गरेकी छन्।

जो कोहीलाई शिक्षा मन्त्रालयको महाशाखा, शाखा र मातहतका निकायमा खटाउँदा सरकारी सूचना दुरुपयोग हुने सम्भावना बढेको भन्दै तीव्र आलोचना भएको छ। शिक्षा मन्त्रालयका कर्मचारी पनि रुष्ट छन्। यसरी उनले आसेपासे’ भित्र्याउन थालेकी हुन्।

तर, मन्त्री श्रेष्ठले कुन ऐन–कानुनअनुसार कार्यविधि जारी गरेकी हुन् खुलाएकी छैनन्। पूर्वसचिव गोविन्द कुसुमले पनि बाहिरबाट कर्मचारी ल्याएर सरकारी निकायमा काम चलाउन खोज्दा कर्मचारीतन्त्र माथि हस्तक्षेप हुने बताए। र, निजी सचिवबाहेक स्वकीय सचिव पनि आएर काममा हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x