१७ असार २०८३, बुधबार

युट्युब पत्रकारिता गर्नेहरूले पत्रकार आचारसंहिताको पालना अनिवार्य गर्नुपर्ने : अध्यक्ष बस्नेत

एसीपी संवाददाता

१४ बैशाख २०८१, शुक्रबार ०९:२२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबको माध्यमबाट पत्रकारिता गर्नेहरूले पत्रकार आचारसंहिताको पालना अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सुर्खेतमा काउन्सिलद्वारा आयोजित पत्रकारितामा युट्युब र आचारसंहिताको सवाल विषयक अन्तरक्रियामा अध्यक्ष बस्नेतले युट्युबमार्फत मर्यादित पत्रकारिता हुनुपर्ने बताए ।

पत्रकारितामा युट्युब भूमिका बढ्दै गएको उल्लेख गर्दै उनले नेपालको पत्रकारितामा युट्युबको प्रत्यक्ष प्रभाव बढ्दै गएकाले पत्रकारिता गर्ने हो भने युट्युबको सञ्चालन व्यवस्थित गर्न जरूरी भएको बताए ।

‘तपाईंहरू युट्युबबाट नै पत्रकारिता गर्छु भन्ने सोच्नुभएको छ भने पत्रकारिताका मूल्य र मान्यताअनुसार चल्नुस् । पत्रकारिता कर्म गर्नुस् । कसैले तपाईंमाथि प्रश्न उठाउँछ भने हामी साथमा छौँ,’ उनले भने ।

प्रेस काउन्सिल सबै पत्रकारको अभिभावक संस्था भएकाले युट्युबमार्फत पत्रकारिता गर्नेको पनि अभिभावक भएको प्रष्ट पार्दै अध्यक्ष बस्नेतले युट्युबका माध्यमबाट हुने पत्रकारितामा देखिएका समस्या समाधान गर्ने विषयमा काउन्सिलले सधैँ गम्भीरतापूर्वक भूमिका निर्वाह गर्ने गरेको बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले पछिल्लो समय पत्रकारिता क्षेत्रमा युट्युुब लगायतका सामाजिक सञ्जालहरु हावी हुँदै गएका प्रति काउन्सिल सजग रहनुपर्ने बताएका थिए । कार्यक्रममा सुर्खेतमा क्रियाशील झण्डै ३० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x