१७ असार २०८३, बुधबार

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ

एसीपी संवाददाता

८ जेष्ठ २०८१, मंगलवार १९:३६ मा प्रकाशित

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर लैजाने क्रममा उनले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधस्वरुप आफूसँग रिस साँधेको बताए ।

उनले गृहमन्त्री लामिछानेलाई चुनौती दिँदै उनका पनि दुईवटा राहदानी र सहकारी ठगीसम्बन्धी मुद्दा रहेकाले पालो आउने बताए ।

सिरोहियाले गृहमन्त्री लामिछानेको नाममा राहदानीसम्बन्धी मुद्दामा भोलिनै पक्राउ पुर्जी जारी हुनेमा आफू विश्वस्त भएको बताएका छन्।

उनले सत्ता र शक्तिको दुरूयोग गरिएको बताउँदै गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

सिरोहियाले आफूमाथिको धरपडकडलाई सञ्चारमाध्यममाथिको आक्रमणको संज्ञा दिएका छन् । उनले सहकारी ठगीको समाचार लेखेकाले आफूमाथि धरपकड गरिएको आरोप लगाएका छन् । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x