दूरसञ्चार घोटालाका ४९ हजार संदिग्ध व्यक्ति म्यानमारले चीनलाई हस्तान्तरण गर्यो
सन् २०२३ जुलाईदेखि हालसम्म म्यानमारले दूरसञ्चार र इन्टरनेट घोटालाका ४९ हजारभन्दा बढी आपराधिक संदिग्धहरूलाई चिनियाँ हिरासतमा हस्तान्तरण गरेको सार्वजनिक सुरक्षा मन्त्रालय (एमपिएस)ले जनाएको छ।
घोटालमा आबद्ध कुख्यात आपराधिक समूह तथा धेरै प्रमुख आपराधिक संदिग्धहरूलाई पक्राउ गरी हस्तान्तरण गरिएको मन्त्रालयले पत्रकार सम्मेलनमा जनाएको छ।
सन् २०२३ को सुरुदेखि उत्तरी म्यानमारमा चिनियाँ नागरिक संलग्न दूरसञ्चार र इन्टरनेट घोटालाका घटनाहरूको संख्या उच्च रहेको थियो। परिणामस्वरूप अवैध सीमा पार र हिरासतजस्ता आपराधिक कार्यहरू भएका थिए। एमपिएसले यस्तो परिस्थितिलाई प्राथमिकता दिई अपराधविरुद्ध उच्च दबाबसहितको कारबाही गरेको थियो।
पछिल्लो पाँच वर्षमा सार्वजनिक सुरक्षा निकायहरूले देशभर १० लाख ९४ हजारभन्दा बढी दूरसञ्चार र इन्टरनेट घोटालाका मुद्दाहरू सुल्झाएका छन्।
एमपिएसका अनुसार यस्ता घोटालाका नयाँ घटनाहरूको मासिक संख्या लगातार आठ महिनादेखि घट्दै गएको छ। यसले अपराधमा भएको वृद्धिलाई प्रभावकारी रूपमा कम गरिएको संकेत गर्दछ। एजेन्सी बाट


