३ जेष्ठ २०८३, आईतवार

नेपाली विद्यार्थीले बनाएको स्याटेलाइट ‘मुनाल’को प्रक्षेपणका लागि भारतिय आर्थिक सहयोग

एसीपी संवाददाता

३२ श्रावण २०८१, शुक्रबार ११:०२ मा प्रकाशित

नेपाली विद्यार्थीले बनाएको स्याटेलाइट ‘मुनाल’को प्रक्षेपणका लागि भारतले आर्थिक सहयोग गर्ने भएको छ।
स्याटेलाइट प्रक्षेपणका लागि आर्थिक सहयोग उपलब्ध गराउन शनिबार भारतीय विदेश मन्त्रालय र भारतको ‘न्यू स्पेस इन्डिया लिमिटेड’बीच सम्झौता भएको छ।

उक्त सम्झौतामा भारतीय विदेश मन्त्रालयमा उत्तर डेस्क हेर्ने अनुराग श्रीवास्तव र ‘न्यू स्पेस इन्डिया लिमिटेड’का निर्देशक अय्यनाधर अरुणाचलमले हस्ताक्षर गरेका हुन।
हस्ताक्षर कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. अभास मास्केको पनि उपस्थिति थियो।

स्याटेलाइट प्रक्षेपणका लागि २०८० पुसमै भारतसँग सम्झौता भएको थियो। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उक्त सम्झौता भएको थियो।
स्याटेलाइटको भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको थियो। यसको आकार नेपाली स्याट–१ जस्तै छ। नास्टको सहयोगमा नेपालको सरकारी विद्यालयमा कक्षा १२ मा पढ्ने विद्यार्थीले ‘मुनाल हाइस्कुल स्याटेलाइट’ निर्माण गरेका हुन्।

मुनाल स्याटेलाइट निर्माणले नेपालमा पनि युवा वैज्ञानिक रहेको उदाहरण दिएको र अवसर पाए नेपालका विद्यार्थीले पनि आफूलाई अब्बल सावित गर्न सक्न भन्ने सन्देश गएको बताइएको छ।

स्याटेलाइट प्रक्षेपण छिटै गरिने बताइएको छ। स्याटेलाइटको भारतबाटै प्रक्षेपण हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x