१७ असार २०८३, बुधबार

अबैध रुपमा कल सेन्टर चलाई ठगी धन्धा गर्दै आएका दुई चिनियाँ सहित ५० जना सिआईबीको नियन्त्रणमा

एसीपी संवाददाता

२७ भाद्र २०८१, बिहीबार २०:२३ मा प्रकाशित

अबैंध रुपमा कल सेन्टर चलाएर सर्बसाधारणलाई ठग्दै आएको आरोपमा दुई चिनियाँ नागरिक सहित ५० जनालाई सिआईबीले काठमाडौं उपत्यकाको ललितपुर जिल्लाबाट नियन्त्रणमा लिएको छ ।
केन्दीय अनुसन्धान ब्यूरो (सिआईवी) को टोलीले ललितपुर जिल्लाको एकान्तकुनामा अबैध रुपमा कल सेन्टर चलाएर ठगी गरिरहेको आरोपमा ५० जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरु मध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिन्सका नागरिक रहेको अन्य सबै नेपाली नागरिक रहेको बताइएको छ ।
उनीहरुले एकान्तकुनामा एउटा घर भाडामा लिएर कल सेन्टर चलाई नागरिकहरु संग ठगि धन्धा संचालन गरेको प्राप्त सुचनाको आधारमा सिआईबीको टोलीले उक्त स्थानमा छापा मारेर नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको सिआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् । तराईटप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x