३ जेष्ठ २०८३, आईतवार

नेपालमा रोहिङ्ग्या मुस्लिमको चुनौती बढाउँदै , सप्तरीमा बढी उपस्थिति

एसीपी संवाददाता

१५ मंसिर २०८१, शनिबार १२:०२ मा प्रकाशित

सप्तरी जिल्लाको बोडे बर्साइन र कञ्चनरूप नगरपालिकामा केही रोहिङ्ग्या परिवारको बसोबास भएको खुलासा भएको छ। बोडे बर्साइन नगरपालिका वडा नं. ५ को जजर क्षेत्रमा पाँच रोहिङ्ग्या परिवार र कञ्चनरूप नगरपालिकाको बालुवा क्षेत्रमा तीन परिवार रहेको बताइन्छ। डाक्नेश्वरी नगरपालिकामा पनि केही रोहिङ्ग्या परिवारहरुको बसोबासको तयारी भइरहेको थियो । तर स्थानीयहरूको अवरोधले त्यस क्षेत्रमा रोहिङ्ग्या परिवारहरु आश्रित हुन सकेन ।

सो क्षेत्रहरूमा प्रभाव राख्ने  नेकपा (एमाले) का नेताहरू अख्तर मियाँ, सुमन राज प्याखुरेल, ताराकान्त चौधरीको मौनताले रोहिङ्ग्या समुदायको सहज प्रवेशमा सहयोग पुगेको बुझिन्छ। यी नेताहरूको  मौनताले प्रशासनमा कुनै ठोस कदम चाल्न नसकेको  स्थानीयहरूको भनाई छ।

रोहिङ्ग्या शरणार्थीहरू म्यानमारबाट उत्पीडन र हिंसाको कारण विभिन्न देशमा विस्थापित भइरहेका छन्। दक्षिण एसियामा भारत, बङ्गलादेश, र नेपालमा उनीहरूको पहुँचले सुरक्षा र सामाजिक संरचनामा चुनौती खडा गरेको छ। मधेश प्रदेशमा उनीहरूको अवैध प्रवेश र बसोबासले सीमा सुरक्षाबारे प्रश्न उठाएको छ।

विशेष गरी सप्तरी जस्तो सीमावर्ती जिल्लामा रोहिङ्ग्याहरूको स्थायीत्वले नेपाल-भारत खुला सीमा व्यवस्थापनमा थप चुनौती थप्ने जोखिम छ। स्थानीय जनतालाई रोजगार र स्रोतमा असर पर्ने चिन्ता व्यक्त भइरहेको छ, तर राजनीतिक नेताहरूको मौनता र प्रशासनको कमजोरीले समस्या थप जटिल बनेको छ।

यो विषयले न केवल सीमा सुरक्षा र शरणार्थी व्यवस्थापनमा नेपाल सरकारको कमजोरी देखाउँछ, तर स्थानीय राजनीतिक नेतृत्वले पनि यस संवेदनशील विषयमा ठोस कदम नचालेको प्रष्ट हुन्छ। राजनीतिक नेतृत्वले आफ्नो चासो अभिव्यक्त नगर्दा यसले भविष्यमा स्थानीय तनाव र अन्य समस्याहरू निम्त्याउन सक्छ।

सप्तरीमा बढ्दो रोहिङ्ग्या बसोबास र राजनीतिक मौनताले नेपालका सुरक्षा र सामाजिक संरचनाका लागि दीर्घकालीन चुनौती खडा गर्ने सम्भावना छ। यसबारे थप अनुसन्धान र ठोस सरकारी कदमको आवश्यकता छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x