३ जेष्ठ २०८३, आईतवार

इसरोद्वारा ऐतिहासिक उपलब्धि: अन्तरिक्षमा सफल स्पेस डकिङ, भारत चौथो देशको रूपमा अगाडि

एसीपी संवाददाता

८ माघ २०८१, मंगलवार ०७:४८ मा प्रकाशित

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले अन्तरिक्ष अभियानमा ऐतिहासिक उपलब्धि हासिल गर्दै बिहीबार आफ्ना दुई उपग्रह, एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) को सफल स्पेस डकिङ सम्पन्न गरेको छ। स्पेस डकिङ भनेको अन्तरिक्षमा दुई यानलाई जोड्ने अत्याधुनिक प्रविधि हो, जसले अन्तरिक्ष मिशनलाई नयाँ उचाइमा पुर्‍याएको छ।

यस प्रक्रिया दुईपटक ढिलो भए पनि अन्ततः बिहीबार सफलतापूर्वक सम्पन्न भयो। डकिङपछि उपग्रहहरूलाई एउटै प्रणालीको रूपमा नियन्त्रण गर्न सफल भएको इसरोले जानकारी दिएको छ। अब यस प्रणालीबाट अनलकिङ र पावर ट्रान्सफर जस्ता प्रविधिको परीक्षण गरिनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस उपलब्धिमा वैज्ञानिकहरूलाई बधाई दिँदै सामाजिक सञ्जालमा लेखे, “यो उपलब्धि भारतको महत्वाकांक्षी अन्तरिक्ष योजनाका लागि महत्त्वपूर्ण कदम हो।”

भारत यस सफलतासँगै रुस, अमेरिका र चीनपछि अन्तरिक्ष डकिङ गर्ने चौथो देश बनेको छ। यो उपलब्धिले भारतको अन्तरिक्ष अनुसन्धान क्षमतालाई थप बलियो बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाएको छ।एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x