११ भाद्र २०८३, बिहीबार

नेपाल–भारत मैत्री केन्द्रद्वारा रुपन्देही साईकल वितरण

एसीपी संवाददाता

१३ भाद्र २०८२, शुक्रबार १०:३४ मा प्रकाशित

नेपाल–भारत मैत्री केन्द्रले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई शनिबार साइकल वितरण गरेको छ ।जिल्लाको ग्रामीण क्षेत्रबाट २०८१ सालको एसईई उत्तीर्ण छात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले साइकल वितरण गरिएको केन्द्रले जनाएको छ । यसपाली उक्त नगरपालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए ।तीमध्ये आवश्यकता हेरी भारतीय स्वतन्त्रता दिवसको अवसरमा एक सय छात्रालाई साइकल वितरण गरिएको केन्द्रका अध्यक्ष सिद्वार्थ अग्रवालले जानकारी दिए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिइन् । उत्कृष्ट नतिजा हासिल गर्ने

 छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेको बताइन् ।सिद्वार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारीले अभिभावकको दायित्व छोरीको पखेटा काट्ने नभई उनीहरूका लागि गोरेटो कोर्ने भएकाले भूमिका निर्वाह गर्न आग्रह गरिन् ।सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माले साइकल वितरण गरेर मैत्री केन्द्रले छोरीहरुलाई पढ्न प्रेरित गरेको बताए । साइकल वितरण सानो मायाको चिनो जस्तो भए पनि यसले नेपाल–भारतबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने बताए ।
कार्यक्रम का प्रमुख अतिथी पूर्वअर्थ राज्यमन्त्री भरतकुमार शाहले साइकल वितरणले नेपाल–भारतको मैत्री सम्बन्धलाई ताजा बनाएको बताए। नेपाल–भारत मैत्री केन्द्रका अध्यक्ष सिद्वार्थ अग्रवालले विभिन्न संस्थाका प्रतिनिधिले साइकल, छात्रवृत्ति लगायत प्रोत्साहन कार्यक्रमले छात्राहरूलाई उच्च शिक्षा हासिल गर्न र व्यक्तित्व विकासमा सहयोग पु¥याउने बताए ।केन्द्रका सचिव प्रशान्त विक्रम मल्लको सचालन तथा उपाध्यक्ष उमापती न्यौपाने को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x