१२ भाद्र २०८३, शुक्रबार

रूपईडीहामा शान्ति भंग गरेको आरोपमा १२ नेपाली नागरिक पक्राउ

एसीपी संवाददाता

१३ भाद्र २०८२, शुक्रबार १८:४२ मा प्रकाशित

नेपालगन्ज / अन्तर्राष्ट्रिय खबर / रुपईडीहा/बहराइच। भारत

बहराइच जिल्लाका पुलिस अधीक्षकको निर्देशनमा अपराध नियन्त्रण, शान्ति व्यवस्था कायम राख्ने र शान्ति भंग गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत रूपईडीहा थानामा ठूलो कारबाही भएको छ। अपर पुलिस अधीक्षक (ग्रामीण) दुर्गा प्रसाद तिवारी र क्षेत्रीय अधिकारी नानपाराका प्रद्युम्न सिंहको कुशल निर्देशनमा प्रभारी निरीक्षक रमेश सिंह रावतको नेतृत्वमा प्रहरी टोलीले १२ नेपाली नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जोक बहादुर, प्रेम बहादुर शाही, लाल बहादुर राई, सन्तोष चौधरी, रमेश थारू, लीलाबर थापा, गणेश बहादुर, कबीर बहादुर थारू, भीम बहादुर थारू, राजु थारू, करन, प्रेम बहादुर र अमृत बहादुर रहेका छन्।

प्रहरीका अनुसार यी व्यक्तिहरू रूपईडीहा बजारमा आएर नेपाली नागरिकहरूलाई जबरजस्ती आफ्नो साथमा लैजाने र आफ्नो होटलमा राखेर शोषण गर्ने गरेको आरोप छ। यिनीहरूसँग अटोरिक्सा पनि रहेको र अटोरिक्सामा यात्रु राख्ने विषयमा विवाद र झगडा गरेको पाइएको छ। शान्ति व्यवस्था भंग गरेको कारण यी व्यक्तिहरूलाई धारा १७० BNSS अन्तर्गत मिति २०८२ भदौ १२ मा दिउँसो ४:०५ बजे हिरासतमा लिइएको थियो।

यस्तै यिनलाई पक्राउ गर्ने टोलीमा उपनिरीक्षक सन्तोष कुमार यादव,, हेड कन्स्टेबल आयोध्या प्रजापति, हेड कन्स्टेबल राम प्रसाद चौधरी, हेड कन्स्टेबल नरेन्द्र गुप्ता, कन्स्टेबल अभिषेक सिंह, कन्स्टेबल जितेन्द्र कुमार र कन्स्टेबल राणा प्रताप कुमार रहेका थिए ।

पक्राउ परेका सबैलाई सर्वोच्च न्यायालय र मानवाधिकार आयोगको निर्देशन पालना गर्दै यी व्यक्तिहरूलाई विधिवत् पक्राउ गरी नानपारा न्यायालयमा पेश गर्न रवाना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x