१२ भाद्र २०८३, शुक्रबार

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको प्रथम अधिबेशनमा नरेन्द्र थापा निर्विरोध निर्वाचित

एसीपी संवाददाता

१७ भाद्र २०८२, मंगलवार २२:३७ मा प्रकाशित

नेपालगन्ज – नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनि प्रदेशको प्रथम अधिबेशन मंगलबार नेपालगन्जमा सम्मपन्न भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाअधिबेशन निर्देशन समिति संयोजक मोहन बहादुर बस्नेतले पार्टीलाई मजबुत बनाउन खेलकुदका माध्यमबाट शसक्त भूमिका खेल्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको मंगलबार नेपालगन्जमा उद्घाटन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य समेत रहेका बस्नेतले पार्टीलाई युवालाई समेट्न खेलकुदसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

कार्यक्रममा सहभागी काँग्रेस खेलकुद विभाका प्रमुख उमेश रायमाझि,केन्द्रिय सदस्य गणेश लामा,कर्णाली प्रदेशका मन्त्री राजिवविक्रम शाह,सासंसद आशा वि.क.,प्रदेश सभा सदस्यहरु बादशाह कुर्मी,माया पुन,मिना सिद्दिकी,सुशीला वादी,ओलम्पियन सुरेन्द हमाल र पार्वति थापा,संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन,महासचिव सुबोध प्रधान लगाएत लुम्बिनी प्रदेशका १२ जिल्लाका अध्यक्षहरु तथा प्रदेश प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रदेश संयोजक नरेन्द्र थापाको सभापतित्वमा सम्पन्न प्रथम अधिवेशनमा ओलम्पयन सुरनेद्र हमाल र पार्वती थापालाई सम्मान गरिएको छ । प्रथम प्रदेश अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्ने बताईएको छ । अधिवेशनले नरेन्द्र थापाको अध्यक्षतामा सर्व सम्मत प्रदेश कार्यसमिति चयन भएको हो ।                   

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x