रुपन्देही ३ उपनिर्वाचनको आन्तरिक नतिजा सार्वजनिक नहुदै उम्मेदवार बने डाक्टर थापा
रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीमा उम्मेदवार छनौट प्रक्रिया पारदर्शी नभएको गुनासो आउन थालेको छ । रास्वपाका लागि आकान्छी उम्मेदवार ९ जना मध्य एक जना नव प्रवेशी नागरिक उन्मुक्ति पार्टी त्याग गरेर हालै आएका डाक्टर लेख जंग थापाको नाम उम्मेदवार हुने जिल्ला समितिले जनाएको छ ।
उम्मेदवार प्रती पार्टी भित्रै चर्को अनतरबिरोध रहेको हो । रुपन्देही ३ का उपनिर्वाचनका लागि कार्तिकमा हुने निर्वाचनमा रास्वपार्टी बाट ९ जना उम्मेदवार सभ्मावितमा परेका थिए । केही आकान्छी उम्मेदवार डाक्टर थापा को नाउँ के कति कारणले पार्टीले फाइनल गरेको हो हामी आफै अचम्मित परेको गुनासो गरे ।
केही नेता कार्यकर्ता यस्ता पनि थिए जो कि पार्टी को लागी आफ्नो सारा समय त्याग गरेर काम गर्दै आएका थिए तर पार्टीले पैसा या पावरले गर्दा व आफ्नो कसैको ब्याक्तीगत स्वार्थ ले जिल्ला समिति उम्मेदवार चयन गरेको गुनासो केन्द्रिय समितिमा लिखित निवेदन पठाएका छ्न । यो उम्मेदवार छनोटमा अनौठो त के छ भने भाद्र १८ गते उम्मेदवारको नाम छनौटमा परे देखि नै रुपन्देही भरका समाजिक संजालमा डाक्टर लेख जंग थापाको कान्डै कान्ड बाहिरिएको छ ।
आकान्छी उम्मेदवार को बैठकमा कयामरा जडान गरिएको चश्मा लगाई माईन्युट गर्न बसे , चस्मा बारेमा कसैलाई जानकारी नगराई आफू लगाएको चश्मा बाट आन्तरिक बैठक को भिडियो बानाउदै गरेको कुरा सार्वजनिक संजाल चल्न थाल्यो । उनको डायरी मुनि पनि के यन्त्र देखिएको भिडियो रहेको गुनासो समाजिक संजाल चल्न थाल्यो । आन्तरिक बैठक बाट बाहिरिएर उनी घन्टो फोनमा लागि राखे अनि पुनः बैठकमा क्यामरा लागेको चश्मा , डायरी लिएर बैठकमा आए ।
उम्मेदवार हुन आगवै डाक्टर थापा बहुबिवाह मुद्दा मा पनि पार्टीलाई स्पस्टिकरण बुझाई सकेका थिए । केहि आकान्छी उम्मेदवारका अनुसार थापाको दबावमा व अन्य के कारणले जिल्ला समितिले आन्तरिक भएको निर्वाचन नतिजा सार्वजनिक नगरि किन उम्मेदवार छनौट किन भएको गुनासो गरे ।


