११ भाद्र २०८३, बिहीबार

घुस रकमसहित बाँकेको नायब सुब्बा अख्तियारको नियन्त्रणमा

एसीपी संवाददाता

१९ भाद्र २०८२, बिहीबार २१:०९ मा प्रकाशित

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान अयोगले घुस रकमसहित नायब सुब्बालाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नासु राम प्रसाद धमलालाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत बापत बाह्र हजार रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको बुटवल सम्पर्क कार्यालयबाट खटिई गएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ शान्तिनगर स्थित यातायात चोकबाट उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता ‏‎राजेन्द्र कुमार पौडेलले बताएका छन् । धमलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

स्रोत : प्रशासन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x