नेपालगञ्जमा इमाम हुसैन हालको उद्घाटन तथा नातिया
नेपालगञ्ज, भाद्र २२ । पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिवस (बारह रबीउल अव्वल) को पावन अवसरमा नेपालगञ्जमा नव–निर्मित इमाम हुसैन हालको उद्घाटन तथा नातिया मुशायरा सम्पन्न भएको छ।
यो हाल नेपालगञ्जका मशहुर शायर सैय्यद अशफाक रसुल हाश्मीको घरमा निर्माण गरिएको हो।
कार्यक्रमको उद्घाटन इस्लामी परम्परा अनुसार बिस्मिल्लाह र दुवासहित गरिएको थियो। उद्घाटनपछि नातिया मुशायरामा नेपालगञ्जका प्रख्यात शायरहरू अब्दुल लतीफ “शाैक”, सैय्यद अशफाक रसुल हाशमी “सैयय्द नेपाली”, डाक्टर जैनुल आब्दीन, मुस्तफा अहसन कुरैशी “अहसन”, नशीर माेहम्मद “अन्सर नेपाली”, नुरुल हसन राई “नूर”, सैय्यद आदिल सरवर
“सरवर नेपाली”, कारी अलि हुसैन राई, नदीम रिजवी, मेराज अहमद “हिमालय”, जमील जरगर, माेहम्मद आरिफ अन्सारी, अनिश शाह लगायतले पैगम्बरे इस्लामप्रति प्रेम र श्रद्धा प्रकट गर्ने नातिया मुशायरा प्रस्तुत गरेका थिए।
सो अवसरमा कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई मिष्ठान्न, फलफूल तथा खानाको व्यवस्था गरिएको थियो।
यस्त्ता कार्यक्रमले मुस्लिम समाजमा आपसी एकता, धार्मिक मूल्य र पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवन दर्शनलाई स्मरण गर्ने अवसर प्रदान गरेको छ।
कार्यक्रम शायर सैय्यद अशफाक रसुल हाश्मीकाे अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमकाे सञ्चालन डाक्टर जैनुल आब्दीन र नुरुल हसन राईले गरेका थिए ।



