११ भाद्र २०८३, बिहीबार

सभापति देउवा सस्थापन समुहकै घेरावन्दीमा

एसीपी संवाददाता

२४ भाद्र २०८२, मंगलवार १३:२३ मा प्रकाशित

बिराटनगर –  पन्ध्रो महाअधिवेशनमा वर्तमान सभापति शेर बाहादुर देउवाले सभापतिमा विधानत उम्मेदवारी दिन नपाउने भएपछी सस्थापन समुह भित्रनै देउवा कमजोर र निरिह वन्दै जाने अवस्था सृर्जना हुदै गएको देखिएको छ! संस्थापन समुह भित्र सात भाइ  को दवाव र प्रभाव सभापति देउवामा भारी पर्न थालेको छ ! सात भाइको निर्णय भन्दा फरक निर्णय देउवाले गर्न नसक्ने परिस्थिति सातभाइले गरेका छन ! देउवाको रुचि आफु पछिको उत्तराधिकारीमा छनौट गर्दा सात भाइको निर्णय र रुचि भन्दा फरक हुने कारणले नै सात भाइ यस विसयमा एक मत भएका हुन !

विगत दश वर्ष भन्दा अघि देखि देउवा निकट रहेर देउवा कै छॅाया भएर राजनीतिक सहयोग गर्दै देउवालाइ पाटि भित्र एक्का वनाएका समुह भित्र कै सात भाइ को घेरावन्दीमा देउवा पर्दै गएका छन ! सात भाइको निर्णय र इच्छित पात्र विपरित देउवाको इच्छित पात्र भोलीको उत्तराधिकारी घोसित भएमा काग्रेसको राजनीति देउवाकै पकडमा रहिरहने र सात भाइ को निष्कर्ष पुन देउवाकै वरिपरी घुमिरहनु पर्ने दृष्य सात भाइले देख्नु थालेका छन !यही दृष्यबाट मुक्त हुन सात भाइले गुप्त र मौन विद्रोह गरे र हाम्रो निर्णय देउवाले स्विकार्नु पर्छ भन्नु हो !सात भाइले यस विसयमा पटक पटक दवाब र प्रभाव पार्न थालेका छन !संस्थापन समुह भित्र सात भाइ मात्र छैन त्यो समुह बाहिर पनि देउवाका सहयोगी र विस्वास पात्र छन ! अहिले काग्रेस भित्र काग्रेसको संगठनलाइ कमजोर र निरिह बनाउन नचाहे पनि नगरे पनि संस्थापन समुहको त्यो द्वन्दले गुप्त काम गरेकै छ र कालान्तरमा त्यो उदघाटित हुनेछ  !

अहिले काग्रेस तेर्हौं  चौंधौ महाअधिवेशन पुर्वको अवस्थामा छैन ! अहिले कांग्रेसको इतिहासमै संगठन सबैभन्दा खराव र जरर्जर अवस्थामा छ ! काग्रेसको कुनै पनि भातृसंघ संगठन दुरुस्त ,चलायमान र उर्जाशिल छैन! क्रियाशिल सदस्यता हाल सम्म नविकरण हुन नसक्नु , भातृ संघ संगठन को अधिवेशन हुन नसक्नु ,जनतामा काग्रेस जान र नजिक हुन नसक्नु काग्रेस कमजोर हुनु आन्तरिक सांगठनिक कारण हो भने राष्ट्रिय र बाह्य  कारण गणतन्र आएपछि  सरकार संचालनमा काग्रेस कम्युनिष्टदल संग गठवन्धन गर्दै सरकारमा वस्नु या सरकारको नेतृत्व गर्नु पनि काग्रेसको राजनीति विचार आदर्श निष्ठा स्खलन हुदै गएको हो !  गठबन्धनमा काग्रेस पसे पछि काग्रेसले गठवन्धनको औचित्य र आवस्यक्ता देखाउदै सहमति वमोजिम कार्यसम्पादन गर्ने वचनवध्दतामा गरे अनुसार गर्न नसक्नु जन विस्वास बढाउन नसक्नु नै हो ! अझ अहिले गरेको गठवन्धन त संविधान संशोधन भन्दै सात बुदे सहमति गर्नु र सहमतति अनुसार  केही हुदै नहुनु काग्रेस सांगठिक रुपमा कमजोर देखिनु बाह्य कारण  हो !यस्ले काग्रेसको राजनीति , आदर्श , सिध्दान्त र विचार धुमिल हुदै गएको छ !

२०१७ भन्दा पुर्व र राणाकालिन समयमा नेपालि काग्रेसको सांगठनिक अवस्था अहिलेको जस्तो थिएन ! लुकी छिपी संगठन चलाउनु पर्दथ्यो !२०१७ पछी पनि काग्रेस प्रतिवन्धित अवस्थामै थियो !त्यतिखेर संगठन कमजोर भएपनि काग्रेसको सिध्दान्त विचार र निष्ठा वलवान थियो ! वि पी को विचार मा कार्यकर्ता समाहित थिए ! वि पी को निर्देशनमा आफ्नो ज्यान दिन तयार थिए ! वि पी कै विचारमा काग्रेस जिवित र वलियो थियो र कार्यकर्ताहरु मा गर्व थियो ! धेरै प्रतिगीमीहरुको अगाडी एक काग्रेसी नै भारी पर्थ्यो! अहिले वि पी ले लिएको सिध्दान्त विचार र निष्ठा  काग्रेसले बोकिरहेको छैन ! काग्रेसमा सुकिला मुकिलाहरुको दवदवाव भएर सबै लोभी पापी देखिएका कारणले नै काग्रेसको संगठन कमजोर हुदै गएको छ! संगठनको लागी झुन्ड र भिड बोकेर हिडनु भन्दा भन्दा सिध्दान्त , विचार र निष्ठा वोक्नु पर्ने वि पी को सन्देश अहिले काग्रेसले विर्सिएको छ र संगठन कमजोर भएको छ!

राजनीतिक दल भित्र

संस्थापन र संस्थापन इतर हुनु स्वभाविक

अहिले सबै दलहरुमा संस्थापन र संस्थापन इतर छन !अन्य दलको तुलनामा अपेक्षा कृत बडी नेपाली काग्रेसमा छ! काग्रेस प्रजातान्रिक पाटी भएकै कारण यस्तो हुनु स्वभाविक हो !यस्ले पाटीमा रहेको विसंगती र कमि कमजोरी लाइ मात्रै इंगित गर्दैन , नेतृत्व तहमा वसेका विरुध्द पनि खबरदारी गर्छ! गुण र अवगुण दुबैको पाटीमा बहस र छलफल गर्दै सच्चिन र सुधार गर्न नेतृत्व तहलाइ ध्यानआकर्षण गराउछ!

काग्रेस बाहेकका दलहरु अझ विशेस वामपन्थि दलहरुमा संस्थापन इतर हुनु राम्रो मान्दैन ति दलहरुमा लोकतान्रिक संस्कार भन्दा दल भित्र नेतृत्व तहको तानाशाह प्रवृती अधिनायक प्रवृति हुन्छ !भर्खरै गोदवरीमा भएको एमालेके विधान अधिवेशनमा पनि संस्थापन इतरलाइ फरक मत राख्न बन्दैज गर्दै लोकतन्त्रको अभ्यास मा संकुचन नियन्रण गरेको छ !संस्थापनको  यहि गुण , राजनितिक सस्कार , विशेष्ता  र प्रवृतिका कारण अन्य दलको तुलनामा कम्युनिष्ट दलमा धेरै विभाजन आएको देखिन्छ !

काग्रेसको संस्थापन इतर

अहिले काग्रेसको संस्थापन इतरको नेतृत्व डा. शेखर कोइरालाले गरेका छन ! डा. शेखर अहिले काग्रेस भित्र  ठुलो चुनौतीको सामना गर्दै छन ! उन्को चुनौति प्रथम त संस्थापन इतरको नेतृत्व गर्नु हो भने अर्को चुनौति भनेको अहिलेको काग्रेसको वर्तमान सांगठनिक अवस्थाको सुधार गर्नु र वि पी पथमा अग्रसर गराउनु हो  ! अर्को  काग्रेसले गरेको वर्तमान गठवन्धनको सरकार ! जस्तो की अहिले भर्खरै काग्रेस एमालेको गठवन्धनको सरकार भएपनि कम्युनिष्ठ दलको सभापतिको नेतृत्वको सरकारले सामाजिक संन्जालमा रोक लगाएर बिचार र अभिव्यक्तिको स्वतन्त्रतामा जुन अंकुस लगाएको छ जुन प्रतिवन्ध लगाएको छ त्यो आस्चर्य हैन !विचार र अभिव्यक्ति स्वतन्त्रता पहिलो शर्त मान्ने काग्रेस वर्तमान गठवन्धन सरकारमा रहेर यस्तो निर्णय आउनु चै आस्चर्य हो ! काग्रेसको विचार र सिध्दान्तको प्रतिबध्दता विरुध्द पनि हो ! यस्ले काग्रेसको छवि र संगठनमा प्रतिकुल असर पारेको छ !संस्थापन अहिलेको गठवन्धन जसरि पनि जिवित राख्न चाहान्छ ! संस्थापनले  गठवन्धन जीवित राख्ने निर्णय गर्दै गर्दा काग्रेस को संगठनमा काग्रेसको छविमा परेको नकरात्मक प्रभाव देखिरहेको छैन !

  • त्यो डा. शेखरले देखे र सार्वजनिक मंचबाटै भन्न थाले “सत्य वोल्नुस “तपाइहरु सत्य बोल्नुस तपाइहरुको सुरक्षाको जिम्मेवारी म लिन्छु “! अहिले काग्रेसको दल भित्रको र सरकारको गलत निर्णय र क्रियाकलाप को विरोध मात्रै गरेका छैनन त्यस्को समन गर्ने विधि त्यस्को उपचार गर्ने पध्दती समेत राख्दै आएका छन !

यही कारणबाट डा. शेखर माथि एक साथ सरकार र संस्थापन कमजोर वनाउन लागेको छ! यस्को ज्वलन्त उदाहरण केही समय पुर्व उनका नजिक रहेका केही कार्वाहीमा पर्नु ! अहिले संस्थापन को ध्यान संगठनमा भन्दापनि सरकारमा केन्द्रित छ ! र शेखरको ध्यान संगठनमा छ ! यस्तो हुनु पनि पन्ध्रो महाअधिवेसनमा शेखर कोइरालाको सभापतिको उम्मेदवारी हो भने संस्थापनबाट सभापति देउवाले पुन सभापतिमा विधानत हुन नपाउनु पनि ले पनि संस्थापनको ध्यान सरकारमा केन्द्रित भएको हुन सक्छ !

  • अहिले काग्रेसको लागी सरकार गौण र संगठन प्रमुख हुनु पर्ने तर त्यस्तो भइरहेको छैन ! प्रधानमन्त्री के पी ओलि ले सरकार पुर्नगठन गर्ने कुरा गरिरहदा काग्रेस सहमत नहुनु पनि सरकारको स्थाइत्वमा संन्देह देखेर हुन सक्छ या प्रस्न लाग्न सक्छ प्रस्न आउन सक्छ । काग्रेस भित्रनै या काग्रेस बाहिरबाटै पनि नया समिकरण वन्न सक्ने सम्भावना देखेर नै काग्रेस पछाडी परेको पनि हुन सक्छ । यदी यस्तो हो भने यस्ले काग्रेसको संगठननै पछाडी पार्न सक्छ !

यो काग्रेसको लागी संगठनको लागी शुभ हैन !

डा. शेखरको अर्को चुनौती

कोइराला परिवारको विराशत वोकेर राजनीति गर्दै आएका तिन कोइराला  तिन तिर छन ! डा. शशांक संस्थापन भित्र रहेर आफ्नो राजनीति पहिचान वनाउन र शिखरमा पुर्याउन चाहान्छन भने सुजाता पछिल्लो समय डा. शेखर नजिक देखिनु भएकी छिन ! डा. शशांकबाट संगठनको नेतृत्व लिन सक्ने अवस्था काग्रेसले नै देखिरहेको नभए पनि वि पी पुत्र कै लिगेसीले आफ्नो वायडाटा वनाएका र डा शशांक काग्रेसको राजनीतिमा चलयामान देखिरहेकाछन ! डा. शेखर र डा. शशांक दुवै आगमी पन्धौमहाअधिवेशनमा सभापतीको लागी दावेदारी प्रस्तुत गरि सकेछन ! यस्तो परिस्थिति डा. शेखरको लागी सभापति हुन चुनौती पुर्ण देखिको छ!

डा. शेखरले यि दुइ कोइरालालाइ मिलाएर लान सक्नु भयो भने संस्थापन भित्र जति सुकै एकता भएपनि डा. शेखरलाइ सभापति वन्न कसैलै कतैबाट पनि रोक्न र निषेध गर्न सक्ने छैन ! यो चुनौति भेदन गर्न यस्लाइ छिन्न भिन्न गर्न उन्को राजनीतिक कौशलता मा निर्भर हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x