११ भाद्र २०८३, बिहीबार

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, ९ बजे शपथ

एसीपी संवाददाता

२७ भाद्र २०८२, शुक्रबार १९:५५ मा प्रकाशित

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् ।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ ।

यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।

कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । पोखरेलले भने, ‘यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउनेछ ।’

यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।रातोपाटि

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x