११ भाद्र २०८३, बिहीबार

जेनजी समूह लगायतका नयाँ शक्तिसँग सहकार्य गर्न रास्वपाले बनायो कार्यदल

एसीपी संवाददाता

९ आश्विन २०८२, बिहीबार ०८:५० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी समूह लगायतका नयाँ शक्ति र अभियन्ताहरूसँग आवश्यक संवाद र सहकार्यका लागि कार्यदल गठन गरेको छ ।

मंगलबार र बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने,’ बैठकको निर्णय सार्वजनिक गदैै जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले उक्त आन्दोलनमा आफूहरूको पनि संलग्नता भएको र मुद्दा पनि मिलेको यसअघि नै बताइसकेको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x