राईले बगाए पैसाको खोलो , मधेशी , मुस्लिम जनताको लागि आशाको किरण – स्वतन्त्र उम्मेदवार ईरफान
नेपालगन्ज बाके – कलिलो अवस्थामा पटक पटक मधेसी जनताको लागि जेल परेका मोहम्मद ईरफान अहमद शेख बाके जिल्लामा एक्लो मधेसी जनताको हकअधिकारको लागी बोल्ने युवा नेता हुन । उमेर ३६ वर्ष पुरा भएका ईरफान वि.सं. २०६३÷०६४ सालको मधेश आन्दोलनमा संघर्षमा होमिएका एक कलिलो उमेरका नेता हुन् । जब मधेश र मधेशी जनताको पक्षमा शुरु भएको आन्दोलन सकियो त्यसपछि उनको राजनीतिक यात्राले अर्कै मोड लिन लियो । मधेशी जनअधिकार फोरममा आवद्ध भएर राजनीतिको यात्रामा पाईला चालेका इरफानका लागि त्यो पार्टी नै मधेश र मधेशी जनताको अपमान र धोका दिने पार्टी बन्यो । फोरम कहिले पनि मधेस र मधेसीको भलो गरेन उल्टो जनतालाई धोका दियो । फोरम का नेता सङ मधेसी समुदायको उद्दार , हक अधिकार् , नागरिकता समस्या , मधेस प्रदेश , ई सब हराएको छ । मधेसी जनतालाई उति बेलाको मधेसी जनअधिकार फोरम नेपाल अहिले विभिन्न नाम बदलिदै जनता समाजवादी पार्टी बनेको छ ।
यो समाचार पनि पढनु होला – बिपि चोकमा लागेको आगो कस्ले देख्यो
जनभावनाको विपरीत गएर केवल सत्ता आर्जनका लागि मधेशी जनतलाई मुर्ख बनाई रहेको अनुभूति भएको हुनाले उक्त पार्टीमा बसि रहन मनले अनुमति नदिएको र उनी मधेसको समस्या समाधान गराउनका लागि आफै मैदान , राजनीतिमा नेतृत्व लिएका हुन । मधेशको मुहार फेर्नलाई एउटा सच्चा र इमान भएको मधेश प्रेमीको खोजीमा बसि रहेका इरफानले अन्ततः सिके राउतलाई भेटे । वि.सं २०६८ तिर अमेरिकाबाट राजनीति गर्नकै लागि फर्किएका डा. सिके राउतलाई उनले भेटे । इरफान राउतको बोली, बचन र व्यवहारमा निकै नै प्रभावित भईसकेका थिए ।
मधेश परिवर्तनकालागि इरफानले डा. राउत जस्तो नेताको जन्म नै नभएको ठोकुवा गरेर सिके राउतलाई राजनीतिमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरे । सिके राउतसंग उनको राजनीतिक यात्राले केही समयसम्म निरन्तरता पाई रह्यो । सोही क्रममा उनी मधेश र मधेशीको अधिकारका निम्ति बाँके, बर्दिया, दांग, रुपन्देही, नवलपरासी, चितवन, काठमाण्डौ लगाएतका विभिन्न जिल्लाहरु गरी उनी लगभग २३ पटक प्रहरी हिरासतमा पनि पुगेका छन् ।
आन्दोलनकै क्रममा ईरफान माथि ५ वटा राजद्रोहको मुद्या लगाईयो 
उनले ७ वटाभन्दा बढी सार्वजनिक केशहरुको पनि सामना गरेका छन् । धेरै यातानाहरु सहेका इरफानको शरीरका भागहरुमा प्रहरीद्धारा कुटाई खाएका दोबहरु अझैंपनि ताजै छन् । उनले किसानहरुको अधिकारका निम्ति आवाज उठाउँदो उनको खुट्टा भाँचिएको उनी बताउँछन् । ०७३ को आन्दोलनमा उनको कानको जाली फुटाईएको कथा पनि उनले सुनाए । अधिकार प्राप्तिकालागि उनले गरेका संघर्षले ०७५ मा सरकारसंग सहमतिमा विश्राम लियो । अनि आफ्न केन्द्रिय अध्यक्ष सिके राउतकै नेतृत्वमा जनमत पार्टी संगठन बिस्तारमा लागे । बाके जिल्लामा उनका ५ हजार भन्दा धेरै कार्यकर्ताको ठुलो टिम खडा गरे । आसन्न निर्वाचनमा जनमत पार्टीको सर्बसहमती बाट २ नम्बर छेत्रको एक्लो उम्मेदवार हुन तर केन्द्रिय अध्यक्ष सिके राउतले उनका निकटतम प्रतीद्वन्दी जसपाका नेता , पुर्ब मन्त्री मो. ईस्तियाक राई सङ करोडौं रकम लिई आफू लाई टिकट नदिदा आफू बाध्यता बस स्वतन्त्र उम्मेदवार भई जनताको सेवक बन्ने अवसर मागेको बताउँछन । अहिले नेपालगन्ज नगरमा जतासुकै स्वतन्त्र उम्मेदवार ईरफान शेखको योगदानको चर्चा छ ।
मधेशका नेता गद्दार भए कस्को के जान्छ ? जे गयो त्यो जनताको हो
ईरफान मात्र मधेसी जनताको आसा किरण हुन मधेसी मुस्लिमको अहिले तिनिले मात्र आसा जगाएको र सपना सकार गर्ने वचन बधता जनाउँदै आएका हुन । जसपाका उम्मेदवार पुर्ब मन्त्री ईस्तियाक राई अहिले पहाडी समुदायको गुलामी गर्ने नेता हुन, उनी मधेसी समुदाय लाई मूर्ख बनाए ,मधेसी सङ जातीयताको नारा दियए भोट माग्दै छन भने नेपालगन्ज उपमहानगरपालिकामा पैसाले पहाडी समुदायको भोट किनि रहेको शेखले आरोप लगाएका हुन । राईले पैसाको जती खोलो बगाए पनि यश पटक मधेसी र मुस्लिम जनता सचेत बनी सकिको छन नोट लेउ भोट् न देउ बताउँने गरेको ईर्फानले उल्लेख गरेका छ्न । आफुलाई कसैले चुनाव हराउन सक्दैन दावी गर्दै आएका ईर्फान सङ १० हजर भान्दा बढी जनताको समर्थन रहेको उनले आफ्नो भासणमा भनेका छ्न ।


